Logo
Logo

मन्त्रिपरिषद् बैठक, दुई दिनपछि लकडाउनको मोडालिटी फेरिने, चलचित्र बोर्डमा दाहाल नियुक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ जेठ ।
सरकारले आगामी साता लकडाउनको स्वरुप परिवर्तन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई दिनभित्र यससम्बन्धि योजना पेश गर्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ ।


सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट मोडालिटी हेरफेर हुने एक मन्त्रीले बताए । संक्रमण कम देखिएका क्षेत्रमा थप व्यवसाय सञ्चालन गर्न दिने सरकारको तयारी छ ।
त्यस्तै बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्