Logo
Logo

काठ तस्करी गर्न तीन लाख घुस लिने प्रहरीको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ ।
लकडाउनको बेला काठ तस्करी गर्न घुस लिनेहरु फन्दामा परेका छन् । सिन्धुलीको तिनपाटन गाउँपालिका–१० औलडाँडास्थित दुधौली नगरपालिका ४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा स्थानीय जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ३७ वर्षीय मिन बहादुर घोले र जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ६१ वर्षीय तिर्थ बहादुर राना रहेका छन् ।

उक्त कुखुरा फर्मका पुराना काठहरु तिनपाटन गाउँपालिका–९ तर्फ लैजाने क्रममा उनीहरुले घुस रकम लिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले मिन बहादुरको साथबाट ३ लाख रुपैयाँ र तिर्थ बहादुरको साथबाट ३० हजार ५ सय रुपैयाँ बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास महोत्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्