Logo
Logo

बाजुराका ४० जनामा आरडीटी पोजेटिभ, पीसीआरका लागि स्वाव संकलन गर्न भिटिएम अभाव


- दृष्टि न्युज/संवाददाता


  • नन्दाथापा

बाजुरा, २३ जेठ । जिल्लामा आरडीटी जाँचगर्दा ४० जनामा पोजेटिभ देखिएको छ । बडीमालिका, बुढीगंगा, त्रिवेणीनगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी जाँचगर्दा ४० जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।
एकैदिन ¥यापिड (आरडिटी) जाँचगर्दा बडीमालिकामा ३६जना, बुढीगंगा नगरपालिकामा एक जना र खप्तड छेडेदह गाउँपालिकामा एक जनार त्रिवेणी नगरपालिकामा २ जनागरी ४० जनामा आरडिटी परिक्षणको रिपोर्ट पोजेटिज देखिएको हो ।
आरडीटी पोजेटिभ देखिएका ३८ जनामालिका र बाजुरा क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएकाहरु हुन् । भारतबाट नेपाल आएकाहरुमा आरडीटी पोजेटिभ देखिएको बताइएको छ । उनीहरुको पिसिआरका लागि धनगढी पठाउने तयारी भएको भएपनि भिटिएम भने अभाव रहेको छ ।
आरडिटी पोजेटिभ देखिएकाहरुको भोलिपिसिआरजाँचकालागि स्वाब संकलन गरी धनगढी पठाउने तयारी गरिए पनिस्वाब संकलन गर्ने भिटिएमकोभने अभावरहेको छ । भारत बाट आउने सख्या बढे सँगै बाजुरा कोरोनाकाउच्च जोखिम देखिएको छ । थोरैको संख्यामामात्रजाँचगर्दा ४० जनाको आरडीटी पोजेटिभ देखिएको छ । भने सबैको जाँचगर्दा धेरैमा पोजेटिभ देखिने आशंका गरिएको छ । बाजुराकाकरि ५ हजारको संख्यामा क्वारेन्टाइनमा बसेका छन् । भने तीमध्ये ३ हजार बढी भारतबाट आएकाहरु मात्र छन् ।
बाजुरामा कोरोना कारण २ बर्षिय वालिकाको मृत्यु भइसकेको छ भने २३ वर्षकी महिला संक्रमित छन् । भारतबाट आएकाहरुसँग संक्रमण हुन सक्ने अनुमान गरिएको छ । आरडीटी पोजेटिभ देखिएकाहरुलाई सुरक्षित साथ क्वारेन्टाइनमै राखिएको छ ।

यस्तै, जिल्लाअस्पतालबाजुराको आइसोलेसनमा कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको पिसिआर रिपोट नेगेटिभ आएको छ । उपचारमा संलग्न ५ जना स्वास्थ्यकर्मीको रिपोट धनगढी प्रयोगशाला बाट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । बिहीवार स्वाक सकलन गरेर धनगढी पठाइएको थियो ।
केही दिनअघि मात्र २ बर्षीया बालिका कोरोना संक्रमणबाट मृत्यु भएको थियो, भने उनकी आमाको पनि संक्रमित रहेकि छन् । उनकी २३ बर्षीया आमा अहिले अस्पतालको आइसोलेसनमा छिन् ।

प्रतिक्रिया दिनुहोस्