Logo
Logo

बाजुरामा ४५ सयभन्दा बढी क्वारेन्टिनमा


- दृष्टि न्युज/संवाददाता


बाजुरा, २३ जेठ । जिल्लाका ९ वटा स्थानीयतहमा ४५ सयभन्दा बढी क्वारेन्टिनमा रहेका छन् । बाजुरा जिल्लाका १ हजार २ सय ४५ ओटा क्वारेन्टिनमा ४ हजार ५ सय ३७ जना रहेका छन् ।
जसमा हालसम्म महिला ९ सय २६ र पुरुष २ हजार ८ सय ३८ जना गरी ३ हजार ८ सय ३८ जना क्वारेन्टिनमा रहेका छन् । हालक्वारेन्टाईनमा ३ सय ९६ जना ५ बर्ष मुनिका बालबालिका रहेको जिल्ला प्रसासनकार्यालय बाजुराले जनाएको छ । गर्भवती तथा सुत्केरी महिला २२ जना र जेष्ठ नागरीक ३८ जना रहेको जिल्ला प्रशासनकार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्