Logo
Logo

तोलामा १ हजार बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?


0
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँ बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्