Logo
Logo

तीन लाख घुससहित वडा अध्यक्ष पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ जेठ ।
अख्तियार अनुसन्धान आयोग बुटवल कार्यालयले काठ लिलामीमा सहजीकरण गरिदिने भन्दै उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई घूससहित पक्राउ गरेको हो ।

कार्यालयका सूचना अधिकृत सुरेश भुसालले सैनामैना–१० झिमझिमेमा उपभोक्ताबाट रकम लिँदै गर्दा उनलाई पक्राउ गरेको बताए । पुनले काठ लिलामीमा रकम लिने गरेको यसअघि पनि धेरै पटक उपभोक्तामार्फत गुनासो आएको थियो ।

अभियुक्त पुनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएर बुटवल कार्यालयमा ल्याउँदै गरेको सूचना अधिकृत भुसालले जानकारी दिए ।
लकडाउनमा पनि कतिपय कर्मचारी र जनप्रतिनिधिहरु घुससहित पक्राउ परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्