Logo
Logo

भयावह बन्दै कोरोना : दैनिक बढ्दै संक्रमित, शनिबार मात्र ३२३ थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ जेठ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण भयावह बन्दै गएको छ । चीनको वुहानबाट करिब ४ चार महिनाअघि फैलिएको कोरोनाले पछिल्लो समय युरोप, अमेरिका हुँदै दक्षिण एसियाली मुलुकहरु प्रभावित बन्दै गएको छ । यसमा नेपाल पनि अछुतो छैन । भारत, पाकिस्तान र बंगलादेशपछि नेपाल संक्रमणबाट प्रभावित बन्दै गएको पछिल्लो तथ्यांकहरुले देखाएको छ ।
नेपालमा शनिबार मात्र कोभिड–१९ का कारणले थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डोल्पा र कैलालीमा एक÷एक जनाको कोभिड– १९ का कारणले मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नं ४ कि ५५ वर्षीया महिला र डोल्पा जगदुल्लाका ५८ वर्षका पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको हो । महिलाको डायलासिस गर्दागर्दै यही २३ जेठमा र पुरुषको जेठ २१ गते राति मृत्यु भएको थियो । सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएकी महिलाको मृत्यु भएको थियो । महिलाको सेती प्रादेशिक प्रयोगशाला र पुरुषको कर्णाली विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोभिड–१९ को संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
पुरुष सुर्खेतबाट १६ जेठमा गएर जेठ १८ गते क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बसेका बेला उनको निधन भएको थियो । पुरुष दमका बिरामी रहेका थिए । कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि कर्णाली विज्ञान प्रतिष्ठानबाट टोली गइरहेको छ । यसस“गै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
यस्तै, संक्रमितको संख्या पनि थपि“दै गएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार शपनबार थप ३२३ जनामा संक्रमण भएको पृष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २८६ पुरुष र ३७ महिलामा संक्रमण भएको पृष्टि भएको हो । शनिबार थपिएकास“गै कूल संक्रमितको संख्या तीन हजार २३५ पुगेको छ । तीमध्ये पुरुष तीन हजार तीन र महिला २३२ रहेका छन् । शनिबार भेटिएका संक्रमित जाजरकोट र डोल्पाका पनि रहेका छन् । यसरी संक्रमित जिल्ला ७० पुगेको छ ।
यस्तै, नेपालमा ३६५ जनाले कोरोना जितेका छन् । संक्रमित बढेस“गै दैनिक कोभिड– १९ बाट निको भएर घर फर्कनेका संख्या पनि वृद्धि हु“दै गएको छ । अहिलेसम्म ७० जिल्लामा तीन हजार २३५ संक्रमित पृष्टि भएकामध्ये शुक्रबार एकैदिन ४३ जनाले संक्रमण जितेर घर फर्किका थिए भने शनिबार ३२ जनाले जितेर घर गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले विभिन्न अस्पतालबाट ३२ जना डिस्चार्ज भएका जानकारी दिए । डिस्चार्जमध्ये पा“च महिला र २७ पुरुष रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३६५ पुगेको छ । तीमध्ये २९९ पुरुष र ६६ महिला छन् । नेपालमा हालसम्म पिसिआर विधिबाट ९२ हजार ४७७ र आरडिटीबाट एक लाख ३७ हजार ४३५ व्यक्तिको परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्