Logo
Logo

जनता समाजवादी पार्टीमा तीन अध्यक्ष, आजै दल दर्ताको तयारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ,२५ जेठ ।
राजपा र समाजवादी पार्टी मिलेर बनेो जनता समाजवादी पार्टीमा नेतृत्वको सहमति भएको छ । तीन जना अध्यक्ष राख्ने सहमति भएो हो ।
दुवै पार्टीले कार्यकारी अधिकार पाउनु पर्ने अडान राखिरहेका बेला महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई तीनै जना अध्यक्ष रहने गरी दल दर्ताका लागि जाने सहमति जुटेका हो।


राजपाले ठाकुरलाई कार्यकारी अधिकारी दिनुपर्ने अडान राखेका थियो भने समाजवादीले ठाकुरलाई सेरिमोनियल भूमिका दिएर यादवलाई पार्टीको कार्यकारी भूमिका हुने गरी दल दर्ता गर्नुपर्ने अडान राखिरहेका बेला भट्टराईसहित तीनै जना अध्यक्ष हुने र अशोक राई र राजेन्द्र महतोले समेत भूमिका पाउने गरी दल दर्ता गर्ने सहमति जुटेको हो।

नेता लक्ष्मण दल कार्णका अनुसार जसपाले आजै(आइतबार) नै निर्वाचन आयोगमा दल दर्ताका लागि कागजात बुझाउने तयारी गरेको छ। उनले भने, ‘नेतृत्वको विषयमा कुरा मिलेको छ। कागजात बनाएर हामी आजै दल दर्ताका लागि आयोग जाँदैछौँ।’

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच पार्टी एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ।

वैशाख १० गते राति एकता घोषणा गरेका दुई दलले शनिबार (जेठ २४ गते)सम्म कागजात बुझाउनु पर्ने भए पनि अन्तिम दिन बिदा परेपछि भोलिपल्ट समेत म्याद पाइने व्यवस्थाअनुसार उनीहरु आइतबार आयोग जान लागेका हुन्।
सांसद अपहरण समेत गरेर पार्टी फुटाउने प्रयास भएपछि गत ११ बैशाखमा पार्टी एकताको घोषणा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्