Logo
Logo

यातायात कार्यालयमा चार करोड हिनामिना, चार कार्यालय प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ जेठ ।
यातायात व्यवस्था कार्यालय कोशीमा करिब चार करोड राजश्व हिनामिना भएको छ । हिनामिनामा संलग्न चार जना कार्यालय प्रमुखसहित १७ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा दायर गरेको छ ।
करोडपछि नासुका नामले बदनाम भएका लेखापाल सुरेश अधिकारीकै योजनामा हिनामिना भएको हो। उनीसहित केही कर्मचारीलाई यसअघि नै मुद्दा दायर भएको छ ।
यसपटक कार्यालय प्रमुखहरु नयराज नेपाल र तिर्थराज लम्साल, गोपाल थपलिया र भूपेन्द्र राईविरुद्ध मुद्दा चलेको छ ।
त्यस्तै लेखा अधिकृत टीकाराम अधिकारी, लेखापाल सुरेश अधिकारी, रुद्र दाहाल, अर्जुन भट्टराई, कृष्ण कट्टेल, कम्प्युटर अपरेटर सुजन राई, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी, हरिमदन ढुंगेल, दीपेन्द्र कुमार मण्डल, मैया कुमार चापागाई र रविन कुमार विश्वासविरुद्ध मुद्दा दायर भएको हो । मुद्दा खेप्ने कम्प्युटर अपरेटरहरु फोकस वान नेपाल प्रालिका हुन् ।

प्रतिक्रिया दिनुहोस्