
काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार एक सय रुपैयाँ बढेको हो ।
सोमबार एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५२ हजार दुई सय कायम भएको छ । यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ६० ले बढेर एक हजार नौ सय २५ कायम भएको महासङ्घले जनाएको छ ।














