काठमाडौँ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय शेयर बजार चलखेल गर्ने केही व्यक्तिले मात्रै कमाउने ठाउँ बनेको भन्दै म्यानुपुलेशनका कारण कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति सिर्जना भएको दावी गरेका छन्।
बुधवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री महतले यस्तो दावी गरेका हुन्। उनले कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुने दावी गरे।
‘कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुन्छ। यसर्थ नियामक निकायले यसलाई नजिकबाट नियाल्न आवश्यक छ‚’ उनले भने, ‘सीमित व्यक्ति र समूहको चलखेल नियमन नगरे साधारण लगानीकर्ताको जोखिम बढेर जान्छ। शेयर बजारमा सीमित र चलखेल गर्ने व्यक्तिले मात्रै नाफा कमाउने स्थिति बनेको छ।’
उनले पुँजीबजारसम्बन्धी नियामक निकायले यस्ता कामहरु नजिकबाट नियाल्न आवश्यक रहेको बताए। उनले सीमित व्यक्ति र समूहको चलखेल नियमन नगरे साधारण लगानीकर्ताको जोखिम बढ्ने अवस्था देखिएको बताए।
उनले बजारका हुने गलत गतिविधि रोक्न सरकारले पहल गर्न आवश्यक रहेको औँल्याए।