Logo
Logo

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य


378
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १३९ रन बनाएको हो ।विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए ।

उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोड्दा बसिर अहमदले २० बल खेल्दै १ छक्का मदतमा अविजित २१ रन बनाए । पोखराका लागि बलिङम सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिँदा रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्