
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेनर्जसँग विराटनगर किंग्स पराजित भएको छ । सुपर ओभरमा पोखरासँग १४ रनले पराजित भएसँगै विराटनगर एनपीएलको प्लेअफ नपुग्ने दोस्रो टोली बनेको छ ।
१९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्रै बनाउन सक्यो । पोखराका रिफर रेमन रिफरले कुनै बलमा पनि बाउन्ड्री खाएनन । उनले ६ बलमा जम्मा ५ रन मात्रै दिए ।














