Logo
Logo

संसदमा अर्थमन्त्रीको राजिनामा माग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ जेठ ।
संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाको राजिनामा माग भएको छ । बिद्युतीय सवारी साधन र चकलेट आयातमा नीतिगत भ्रष्टाचार गरेको भन्दै उनको राजिनामा माग भएको हो ।

नेमकिपाका सांसद प्रेम सुवालले उनको राजिनामा माग गरेका हुन् ।
नेकपाकै सांसदहरुले समेत खतिवडाको आलोचना गरेका छन् । भिम रावल, नवीना लामा लगायतले समेत समेत केही दिनअघि खतिवडाको चर्काे आलोचना गरेका थिए ।
बिशाल ग्रुपलाई फाइदा हुने गरी भन्सार दररेटमा बजेटमा हेरफेर गरेको आरोप मन्त्री खतिवडालाई छ ।

जवाफमा अर्थमन्त्री खतिवडाले बिद्युतीय गाडीमा लगाइएको करबारे छलफल गर्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्