Logo
Logo

सांसद गिरीलाई कारबाही गर्न युवा संघको माग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ जेठ । राष्ट्रिय युवा संघ नेपालले संघीय सांसद सरिता गिरीलाई कारबाही गर्न माग गरेको छ । संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले विज्ञप्ति जारी गर्दै सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएकाले कारबाही माग गर्न माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधानको संरक्षण र पालना गर्ने सपथ खानुभएका सांसद गिरीले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्ध संसद्मा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयंले च्यूत गर्नुभएको हाम्रो संघठनको ठहर रहेको छ ।’
संघले गिरीजस्तो गैरजिम्मेवार व्यक्तिलाई संसद् सदस्यबाट अविलम्ब फिर्ता बोलाउनसमेत उनको पार्टीलाई अनुरोध गरेको छ । संघले सांसद गिरीको संघीय संसद् सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए आफ्नो संगठनले गम्भीरतापूर्वक लिने विज्ञप्तिमा उल्लेख छ । सांसद गिरीले नेपाल–भारत सीमा विवादबारे विवादस्पद अभिव्यक्ति दिएकी थिइन् । उनले कालापानी भारतीय भूमि भएको समेत आशय व्यक्ति गरेकी थिइन् । जुनको अभिव्यक्तिका कारण गिरी विवादमा आएकी छन् । जनता समाजवादी पार्टीका सांसद गिरीले लिम्पियाधुरा आफूले नेपालको नक्सामा कहिल्यैपनि नदेखेको बताउँदै कालापानीमा ६० बर्षदेखि भारतीय सेना बसिरहेको बताएकी छन् ।
यस्तै युवासंघले रुकुमको चौरजहारी तथा रुपन्देहीको गाईफार्ममा घटेका विभत्स घटनाकोे निष्पक्ष छानबिन र अनुसन्धान गरी दोषीउपर कारबाही गर्नसमेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्