Logo
Logo

क्रिकेटर पारसको प्रधानमन्त्री ओलीलाई व्यंग्य


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदको बैठकलाई सम्बोधन गरे । लामो सम्बोधनमा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आलोचनादेखि नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता धेरै भएको भन्दै तर्क गरे ।

जून सामाजिक सञ्जालमा हाँसोको विषय बनेको छ । कांग्रेसका सांसद गगन थापाले नेपालीको रोग प्रतिरोधात्मक क्षमता अन्य देशका नागरिकको भन्दा धेरै भएकाले कोरोनाबाट कम असर हुने भनेर कसले भनेको भनेर पुष्टि खोज्दै प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले –भर्खरै मैले भनेको सुन्नुभएन भनेर जवाफ दिएका थिए । त्यसपछि नेपालीहरुको हावापानी राम्रो भएको र खानपिन पनि हाइजेनिक भएकाले रोग प्रतिरोधात्मक क्षमता धेरै भएको दाबी गरेका थिए ।
तर, अन्य देशको तुलनामा नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता कम भएको चिकित्सकहरुले बताएका छन् । त्यही कारण औसत आयु समेत अन्य देशको भन्दा नेपालको कम छ । तर, प्रधानमन्त्रीले हुचवाको भरमा यस्तो बताएका हुन् ।

त्यसपछि क्रिकेटर पारस खड्काले समेत ट्वीटरमा ब्यंग्य गरेका छन् । उनले सांकेतिक रुपमा यस्तो लेखेको छन् ।
डा.भगवान कोइराला पनि नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता उच्च रहेको कुरा गलत भएको बताउँछन् । ‘प्रधानमन्त्रीज्यूले सकरात्मक कुरा गर्न खोज्नुभएको हुनसक्छ, तर वास्तविकता त्यस्तो छैन ।’
सामाजिक सञ्जालमा अन्य चिकित्सकहरुले समेत प्रधानमन्त्रीको सो भनाई गलत भएको बताएका छन् ।

प्रधानमन्त्री ओली हरेक विषयमा आफु विज्ञ जसरी बोल्ने गर्दछन् । अर्धज्ञानका कारण उनका यस्ता विचारहरु विवादमा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्