Logo
Logo

एसईई परीक्षा रोक्ने सरकारको निर्णय, विद्यालयको मूल्यांकनका आधारमा ग्रेड दिइने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ जेठ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) रोक्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण स्थगित भएको एसईई परीक्षा रोक्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
बुधबारको मन्त्रिपरिषद् बैठकले हाललाई विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने गरी एसईई परीक्षा रोक्ने निर्णय रेको हो । बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णयसमेत गरेको छ। सँगै पसल खोल्न दिने निर्णयसमेत भएको एक मन्त्रीले जानकारी दिए । सरकारले बुधबार राति ढिला सकिएको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्