Logo
Logo

सरकारविरुद्ध नयाँ पुस्ता सडकमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० फागुन ।
सरकारविरुद्ध सडकमा जनआक्रोश बढ्दै गएको छ । केही दिनयता देशव्यापी रुपमा सरकारविरुद्ध सडकमा प्रदर्शन र नाराबाजी हुन थालेको छ ।

कुनै राजनीतिक दलको नेतृत्व बिना नै भएका यस्ता प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसले सरकार दबाबमा परेको छ ।
कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा चुकेको तथा भ्रष्टाचार बढाएको भन्दै सरकारविरुद्ध सर्वसाधरणको आक्रोश छ । तीन दिनदेखि काठमाडौंमा यस्तो प्रदर्शन भइरहेको छ । बिहीबार बालुवाटारमा दुई हजार जना विरोधमा सहभागी थिए ।

को हुने विरोध गर्ने ?
विराधे प्रदर्शनमा युवा वर्गको प्रतिनिधित्व छ । राजनीतिक दलमा आबद्ध भन्दा पनि विभिन्न पेशा तथा व्यवसायमा आबद्ध भएका युवा युवतीहरु प्लोर्डसहित शान्तिपूर्ण विरो प्रदर्शनमा सहभागी भएका छन् ।
राष्ट्रिय अनुसन्धान विभागले बुझाएको रिपार्टमा भने यस्तो आन्दोलनमा भित्री रुपमा नेपाली कांग्रेस, साझा र विवेकशील पार्टीका युवाहरुको सहभागीता छ । स्रोतका अनुसार नेता गगन थापा निकट युवाहरुको एक समूहले पनि यस्तो आन्दोलनमा साथ दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा गरेको भाषणले समेत युवाहरुलाई थप आक्रोशित बनाएको छ । उनले सरकारले राम्रै काम गरिरहेको दाबी गरेका थिए । कतिपय भ्रमपूर्ण भनाई समेत उनले राखेका थिए ।
नेपालका कोरोना संक्रमण तिव्र हुँदा पनि परीक्षण दैनिक चार हजारबाट बढ्न सकेको छैन । जसकारण संक्रमण नियन्त्रण हुन महिनौं लाग्ने र समुदायमा फैलने जोखिम बढेको छ । अर्काेतर्फ सरकारका मन्त्रीहरु कमाउनमै व्यस्त हुने काम प्रभावकारी हुन सकेको छैन । जसले सरकारविरुद्धको आक्रोशत सडकमा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्