Logo
Logo

नेपालबारे फेरियो भारतीय सेनाअध्यक्षको बोली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३१ जेठ ।
सीमा विवादबारे भारतका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरभणेलको बोली फेरिएको छ । उनले नेपालसँग भारतको सधैं मजबुत सम्बन्ध रहेको र भविष्यमा पनि सम्बन्ध सुदृढ रहने बताएका छन् ।

भारतको उतराखण्डको देहरादुनस्थित मिलिटरी एकेडेमीमा शनिवार आयोजित कार्यक्रमका क्रममा पत्रकारहरुसँग भारतीय स्थल सेनाध्यक्षले जनस्तरको र सभ्यतासँग जोडिएको नेपाल भारत सांस्कृतिक सम्बन्धको व्याख्या गर्दै नेपालसँग सम्बन्ध सुदृढ रहने उल्लेख गरेका हुन् । यसअघि उनले अन्य देशले उचालेर यस विषयमा नेपालले विरोध गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

शनिबार उनले नेपालबारे भनेका छन्, नेपालसँग हाम्रो अत्यन्त मजबुत एवं सुदृढ सम्बन्ध छ । हामीहरुबीच जनस्तरमा भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्ध छ । सधैं मजबुत रहेको सम्बन्ध भविश्यमा पनि सुदृढ रहनेछ । तर नेपालसँगको सीमा बिबादबारे उनले केही प्रतिक्रिया दिएनन् ।

नरभणेले २ जेठमा नेपालमा कसैको उक्साहटमा भारतद्धारा लिपुलेक जोड्ने सडकको विरोध र सडकमा विरोध प्रदर्शन भएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्