काठमाडौं, ३१ जेठ ।
भारतसँगको सीमा विवादलाई वार्ताबाटै समाधान गर्न नेकपाका अध्यक्ष प्रचण्डले जोड दिएका छन् । शनिबार संसदमा बोल्दै उनले वार्ताको पहल बढाउनुपर्ने बताएका हुन् ।

भाषणमा भारतप्रति प्रचण्डको नरम भाषा प्रयोग गरेका थिए । ‘भारतले सायद कश्मिरसँग सम्बन्धित विषयलाई स्थापित गर्न नयाँ नक्सा जारी गरेको थियो, होला, नेपाललाई चिढ्याउने थिएन होला,’ उनले भने,‘तर विवादित भूमिलाई नक्सामा समेट्नु हँुदैनथियो, पहिला नेपालसँग छलफल गर्नु पर्दथ्यो ।’
नक्साको विषयमा सर्वदलिय सहमतिका लागि सुझाव दिन आफु बालुवाटार गएको र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वदलिय बैठकको तयारी गरेको जानकारी गराएको उनले सुनाए ।
भारतका मन्त्रीले सो क्षेत्रको बाटो उद्घाटन गरेर नेपाललाई झकझकाएको र त्यसपछि नेपालीहरु एक भएको उनले बताए ।
राजतन्त्रले गुमाएको जग्गा गणतन्त्रले फिर्ता ल्याउने प्रचण्डको भनाई थियो ।











