Logo
Logo

यी हुन् संविधान संशोधनमा मतदान नगर्ने १२ सांसद


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३१ जेठ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेर संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । संविधान संशोधन विधेयकको पक्षमा २ सय ५८ सांसदले मतदान गरेका थिए ।

प्रतिनिधिसभा सदस्यको कूल संख्या २ सय ७५ रहे पनि हाल बहाल संख्या २ सय ७१ छ । ४ जना सांसद निलम्बनमा छन् । अन्य १२ सांसद भने अनुपस्थित भएका थिए । सत्तारुढ दलकै सांसद समेत मतदानमा अनुपस्थित भएका छन् ।

अनुपस्थित हुनेहरुमा सरिता गिरी, हरिबोल गजुरेल, सूर्यबहादुर केसी, ज्ञानकुमार छन्त्याल, सूर्य नारायण यादब, शिव कुमार मण्डल, प्रमोद साह, नगेन्द्रकुमार चौधरी, धनबहादुर बुढा, दुलारीदेवी खत्वेनी, अमृता देवी अग्रहरी र गोपालबहादुर बम छन् ।

सांसदहरु हरिनारायण रौनियार, बिजय कुमार गच्छेदार, रेशम चौधरी र अफताब आलम निलम्बनमा छन् । सभामुखले भने मतदान गर्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्