
काठमाडौं । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः०९ बजे ३.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको केन्द्रले जनाएको छ । पछिल्लो समय पश्चिम नेपालमा साना भूकम्पहरु जाने क्रम बाढ्दो छ । साना भूकम्पहरू सामान्यतः जमिनको प्लेटहरूको हलचलका कारण हुने गर्छन् ।














