Logo
Logo

कार दुर्घटनामा गाउँ पालिका अध्यक्षको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३२ जेठ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सडक र्दुघटनामा निधन भएको छ ।


प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्मा सवार कार आइतबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी गाउँपालिका अध्यक्ष शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु.१झ ३७० नम्बरको स्कार्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा घाइते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए । शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका– ५ का हरिलाल राजभर घाइते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खस्न पुगेको थियो ।
अध्यक्ष शर्मा जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन न परासी जाँदै गर्दा कार दुर्घटनामा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्