काठमाडौं, १ असार ।
जोर बिजोर प्रणाली मोटरसाइकललाई पनि लागू हुने भएको छ । सोमबारदेखि मोटरसाइकललाई पनि यस्तो नियम लागू गरिएको छ ।

यसअघि प्रष्ट निर्णय नहुँदा अन्योलता थियो । ट्राफिक महाशाखाले सोमबार बिहानै उपत्यकामा सयौं जोर नम्बरका मोटरसाइकल नियन्त्रणमा लिएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर चलाउन पाइने सरकारको नियम छ ।
साथै मोटरसाइकलमा दुई जना पनि चढ्न नपाउने भएका छन् । मोटरसाइकलमा दुई जना चढ्दा मोटरसाइकले यात्रु ओसार्न सक्ने भएकाले यस्तो नियम लागू गरिएको हो । निजी गाडीमा भने चालक बाहेक दुई जना सम्म बस्न पाउँनेछन् ।











