Logo
Logo

सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने तयारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ असार ।
जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने भएको छ। संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमाने पछि जसपाले गिरीलाई हटाउने भएको हो।


लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकी थिइन्। उनले संशोधन विधेयक खारेजीको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।

सभामुखले गिरीको प्रस्ताव खारेज गरेका थिए। गिरीलाई सांसद पदबाट हटाउने र पार्टीको सदस्य समेत नरहनेगरी कार्बाही गर्ने जसपाले जनाएको छ। गिरीमाथि कारबाही गर्न नागरिकबाट पनि पार्टीमाथि दबाब परेको थियो । सीमा विवादमा उनले भारतको पक्ष लिएकी थिइन् । भारतमा जन्मिएकी उनले नेपालीसँग बिहे गरी नेपालको राजनीतिमा आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्