Logo
Logo

१५ जिल्लाका एसपी फेरिए


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, १ असार 

नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा भएको छ । सरुवामा १५ जिल्लाका इन्चार्ज फेरिएका छन् । विगतमा पटक पटक कारबाहीमा परेका एसपीहरुले पनि फेरि महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएका छन् ।


सरुवा अनुसार कास्कीमा जिवन कुमार श्रेष्ठ, मोरङमा सन्तोष खड्का, बाँकेमा ओमबहादुर राना, इलाममा नवीनकुमार राई, भक्तपुरमा तारादेवी थापा, तनहुँमा अरुण पौडेल, सिराहामा उमाशंकर पञ्जियार, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, महोत्तरीमा टिकाबहादुर केसी, पाल्पामा दिपकराज खरेल, कपिलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिम प्रसाद दाहाल, सुर्खेतमा राजेन्द्र प्रसाद भट्ट र गोरखामा सुरेन्द्रबहादुर गुरुङको सरुवा भएको छ ।

सरुवा भएकामध्ये बाँकेको जिम्मेवारी पाएका ओमबहादुर राना विगतमा पटक पटक कारबाहीमा परेर पनि महत्वपूर्ण जिल्ला पाउँदै आएका छन् । रसुवामा हुन तस्करीमा संंलग्न भएर पनि जागिर जोगएका उनले गत वर्ष कास्कीको इन्चार्ज पाएका थिए । गृहमन्त्रीको सचिवालयलाई आर्थिक प्रभावमा पारेर उनले यस्तो पोष्टिङ पाउँदै आएका छन् ।

एक वर्ष कार्यकाल पुरा गरेका एसपीहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्