Logo
Logo

सर्वेन्द्र खनालबाट पीडित डिएसपी साधरण तारेखमा छुटे


- दृष्टि न्युज/संवाददाता

3.5k
Shares

काठमाडौं, २ असार ।
डकैती मुद्दा लागेका डिएसपी कुमोध ढुंगेल साधरण तारेखमा छुटेका छन् । प्रमाण नभएको भन्दै जिल्ला अदालत काठमाडौंले उनलाई मंगलबार साधरण तारेखमा छाड्ने आदेश दिएको हो ।

रानीबारीको एक घरमा भएको डकैती घटनामा संलग्न अभियुक्तसँग भेट गरेको भन्दै उनीविरुद्ध समेत गत वर्ष मुद्दा दायर गरिएको थियो । तर, घटनामा उनको संलग्नताको अन्य कुनै प्रमाण थिएन । न त कुनै अभियुक्तले पोलेका थिए न त अन्य प्रमाण थियो । भूमिगत रहेका उनी अदालतमा उपस्थित भएका थिए । साधरण तारेखमा छुटेसँगै प्रहरी सेवामा फर्कन बाटो खुलेको छ ।

तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा उनी निकट केही प्रहरी अधिकारीले ढुंगेल नियोजित रुपमा फसाउन मुद्दा दायर गरेका थिए । प्रमाण नभएको भन्दै त्यतीबेला नै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । पछि खनालले नै दबाब दिएर मुद्दा चलाउन लगाएका थिए । ढुंगेल तत्कालिन एआईजी पुष्कर कार्कीलाई सहयोग गरेको भन्दै त्यसरी फसाइएको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीमा हुने गुटबन्दीकै एउटा यो एउटा निच घटना भएको प्रहरी अधिकारीहरु बताउँछन् । यसले प्रहरीभित्र ठूलो विवाद निम्त्याएको थियो ।

चरीदेखि मनोज पुनसम्मको इन्कान्टर गरेका तथा रामेछापको चर्चित बलात्कार घटनाका अभियुक्तलाई भारतबाट पक्राउ गरेर ल्याई चर्चा कमाएमा डिएसपी ढुंगेल पनि बेला बेला विवादमा पर्ने अधिकृत भने हुन् । खासगरी खासगरी खराब पृष्ठभुमी भएका व्यक्तिहरुसँगको संगतका कारण उनी विवादमा पर्ने गरेका छन् ।

यो घटनामा भने नियोजित रुपमै उनीविरुद्ध मुद्दा चलाइएको प्रहरी अधिकारीहरु बताउँछन् । यसरी ढुंगेललाई जेल पठाउन खोज्ने खनाल भने सांसद अपहरणको काण्डमा मुछिए । दबाबमा त्यससम्बन्धि जाहेरी मुल्तबीमा राखिएपनि उनको हर्कतले प्रहरीको छवी भने ध्वस्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्