Logo
Logo

कार्यालय खुलेकै भोलिपल्ट मालपोतमा घुस लेनदेन, पाँच कर्मचारी पक्राउ


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौ, २ असार ।
लकडाउनपछि कार्यालय खुलेकै दोस्रो दिनमै डिल्लीबजार मालपोत कार्यालयमा ठूलो घुस लेनदेन भएको छ । मंगलबार साढे आठ लाख रुपैयाँ घुससहित पाँच जना कर्मचारी पक्राउ परेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अधिकृत, तीन नासु र एक खरिदारलाई मंगलबार साँझ पक्राउ गरेको हो । जग्गाको कित्ताकाँटका लागि उनीहरुले सो रकम लिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्