Logo
Logo

क्वारेन्टिनबाट घर फर्किएका २६ जनामा कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

बर्दिया, ३ असार । क्वारेन्टिनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५ र २ का ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई गत जेठ २९ गते क्वारेन्टिनबाट घर पठाइएको थियो ।
जेठ ३१ गते स्वाब संकलन गरी नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्दा बुधबार संक्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले जानकारी दिएकी छन् । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । संक्रमण पुष्टि भएका सबै वडा नं २ स्थित अमरज्योति माध्यमिक विद्यालय सीतापुरको क्वारेन्टिनमा बसेका थिए ।
यस्तै, एकै दिन धेरै जनामा संक्रमण पुष्टि भएपछि बढैयाताल गाउँपालिकामा सतर्कता बढाइएको छ । संक्रमण थप फैलनबाट रोक्न उच्च निगरानी बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । वडा नं १ र २ मा अत्यावश्यकबाहेक अन्य काममा बाहिर हिँड्न निषेध गरिएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा बुधबार भएको परीक्षणका क्रममा बर्दियाका ३१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएकामध्ये २६ जना बढैयाताल गाउँपालिकाका हुन् ।

प्रतिक्रिया दिनुहोस्