Logo
Logo

काठमाडौं, भक्तपुर र ललितपुरमा ६ जनामा देखियो संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ असार ।
उपत्यकामा पनि कोरोना संक्रमण बढीरहेको छ । पछिल्लो २४ घन्टामा ६ जनामा कोरोना संक्रमण देखिएको छ ।


भक्तपुरमा तीन, काठमाडौंमा दुई र ललितपुरमा एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा दैनिक जसो नयाँ संक्रमितको पहिचान भइरहेको छ । लकडाउन खुकुलो भएसँगै सडक तथा बजारमा भिड बढेकाले उपत्यकामा संक्रमण समुदायमा पुग्ने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्