Logo
Logo

बाजुरामा ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बाजुरा, ४ असार । बाजुरामा ६ जना स्वास्थ्यकर्मी कोरोना पुष्टि भएको छ । ६ जनामध्ये ४ जना बडिमालिका नगरपालिकाका स्वास्थ्यकर्मी, एकजना स्वास्थ्यकार्यलय बाजुरा र एकजनाबाजुरा अस्पतालको कर्मचारीमा भेटिएको हो । सबै जना उपचारमा तथा चेकजाँच गरिरहेकामा देखापरेको बुझिएको छ । उनीहरु केही होम क्वारेनटाइनमा बसिरहेका छन् ।
यस्तै, र्जोनामक जडिबुटि खाएर गर्भपतन गराएकी एक १७ बर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । बुधवार आएको पिसिआर रिपोटमा उनीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बुढिगंगा नगरपालिका २ बसन्त आधारभुक्त बिद्यालयमा बसेकी उनी गर्भवती महिलाले कोरोना ठीक हुन्छ भनेर गुरजो नामक जडिबुटी खाएकी थिइन् । उनीमा अत्याधिक रक्तस्राब भएपछि जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो ।
उनको ८ जनाको परिवार भारतबाट १४ गते क्वारेनटाइनमा पुगेका थिए । स्वास्थ्यकार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने जडिबुटि खाएपछि गर्भवतीमा खतराको लक्षण देखा परेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्