Logo
Logo

नेपाल इन्स्योरेन्सको ७१औँ साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ असार । नेपालको पहिलो वीमा कम्पनीको रुपमा बि.सं.२००४ साल आश्विन ८ मा स्थापना भएको नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व.०७५/०७६ कोे ७१ औं वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा २०७७ असार ५ कम्पनीकोे भवन कमलादी काठमाडौंमा सम्पन्न भयो ।

यस वार्षिक साधारण सभाले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु १,०९,५५,३६,६५३ को ५ प्रतिशतका दरले हुने रु ५,४७,७६,८३३ (पाँच करोड सड्चालिस लाख छ्यहत्तर हजार आठ सय तेत्तिस) बराबरको वोनस शेयर तथा उक्त वोनस शेयरमा लाग्ने कर सहित चुक्ता पूँजीको २.८९ प्रतिशतले हुने रु ३,१७,१२,९०३। (तीन करोड सत्र लाख बाह्र हजार नौ सय तीन) नगद लाभांश वितरण गर्र्नेे प्रस्तावलाई साधारण सभाले पारित गरेको छ । तत्पश्चात कम्पनीको चुक्ता पूजीँ रु १,१५,०३,१३,४८६। (एक अरव पन्ध्र करोड तीन लाख तेह्र हजार चार सय छयासी ) पुग्ने छ ।

साथै उपरोक्त नगद लाभांश रकमबाट गत आर्थिक वर्ष २०७४/०७५ मा जारी गरिएको वोनस शेयरमा तिर्नु पर्ने कर रकम चुक्ता नभएका शेयरधनी महानुभावहरुका हकमा उक्त कर रकम समायोजन गरी बांकी रकम नगद लाभांश भुक्तानी दिने प्रस्ताव समेत पारित भएको छ ।

नेपालको पहिलो बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनीलाई ‘श्रेष्ठ’ बनाउन कम्पनीले आप्mना बीमितहरु, लगानीकर्ता, नियमनकारी निकायहरु तथा कम्पनीको संचालक समितिको मार्ग निर्देशन र कर्मचारीहरुको उत्कृष्ट कार्य सम्पादन, प्रविधिको यथोचित प्रयोग तथा शाखा सञ्जाल बिस्तार गरि बीमा प्रिमियम संकलन, चुक्ता पुँजि, लगानी तथा नाफामा समेत बृद्धि गर्न सफल भएको र आगामी दिनमा समेत यसलाई निरन्तरता प्रदान गरी ७३ वर्ष देखिको ग्राहकको विश्वासलाई अझ प्रगाढ र मजबुत बनाउन भरमगदुर प्रयास गर्दै जाने लक्ष्य लिएको छ ।

कोरोना महामारीले विश्वलाई नै अक्रान्त पारेको र यस महामारीले आगामी दिनमा व्यवसाय गर्ने तरीका, सुरक्षा, प्रविधिको प्रयोग र यस प्रकारका भवितब्यबाट पर्न सक्ने प्रभावलाई व्यवस्थापन गर्नेतर्फ समेत सचेत रहि आप्mनो रणनीती बनाउने भएको छ ।

कम्पनीले प्रधान कार्यालय सहित आफ्नो ४९ शाखा कार्यालय र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्र गरी ५३ स्थानबाट वीमा सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा बीमाको पहुँचमा अझै अभिबृद्धि गर्न देशका विभिन्न स्थानहरुमा आबश्यकता अनुसार शाखा सञ्जाल बिस्तार गरी देशको ग्रामिणस्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पु¥याउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्