Logo
Logo

मापदण्ड पालना गरेर मात्रै व्यापार गर्न महासंघको अपिल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ असार । विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु सञ्चालन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले मातहतका व्यवसायीलाई आग्रह गरेको छ ।
सरकारले लकडाउनलाई सामान्य बनाउँदै लगे पनि कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएकाले महासंघका अध्यक्ष नरेश कटुवालले आज एक अपिल सार्वजनिक गर्दै सम्पूर्ण उद्योगी व्यवसायीलाई मापदण्ड पालना गर्न आग्रह गरेका हुन् ।
कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले त्यसलाई जोगाउनका लागि पनि उद्योग–व्यवसाय खोल्नै पर्ने भएकाले सबैले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो । अध्यक्ष कटुवालले ‘कोरोना भाइरसबाट ‘आफू पनि जागिऔँ र अरूलाई पनि जोगाऔँ’ भन्ने मूल मन्त्रलाई ख्याल गर्दै विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले सुरक्षाका लागि तोकेको न्यूनतम् मापदण्ड पालना गर्न सबैको ध्यानाकर्षण गराएका छन् ।
न्यूनतम सामाजिक दूरी कायम गर्ने, माक्स अनिवार्य गर्ने, सबैले छुने ठाउँमा सकभर नछुने, सानिटाइजर वा साबुन पानीले समयसमयमा हात धुने लगायतका सावधानी अपनाउनसमेत महासंघ उद्योगी–व्यवसायी तथा ग्राहकलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्