Logo
Logo

आज सुन-चाँदीको भाउ बढ्यो, कसरी हुँदैछ कारोबार ?


567
Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्