Logo
Logo

कोरोना कहर अपडेट : विश्वभर ४ लाख ५६ हजारभन्दा बढीको मृत्यु, ८५ लाख ९६ हजार संक्रमित


- दृष्टि न्युज/संवाददाता

0
Shares

जेनेभा, ५ असार (एएफपी) । कोरोनाभाइरस (कोभिड-१९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५६ हजार ६८२ पुगेको छ । साथै संक्रमणबाट विश्वभर ८५ लाख ९६ हजार ३७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० द्धारा शुक्रबार दैनिक विज्ञप्तिमा जानकारी दिइएको छ ।
शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४५ लाख ४६ हजार ८९३ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ६१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ६३ हजार ७४९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २० हजार ६८८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १६ लाख २९ हजार ६७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६६ हजार ९४२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख १७ हजार ४७६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५१ हजार ७२ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख ७७ हजार ३६१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८५ हजार ४५० को मृत्यु भएको छ । एसियामा १७ लाख ८६ हजार १८० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४५ हजार ६६८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ७९ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ४५६ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार २३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्