Logo
Logo

आकाश र आरुषीलाई नचायो सहिमाको ‘मोयाले’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ असार । पछिल्लो समयकी चर्चित गायिका सहिमा श्रेष्ठ र बिक्रम रानाको युगल स्वरमा ‘मोयाले’ बोलको गीत सार्वजनिक भएको छ । यस गीत तथा भिडियोलाई दर्शक एवं श्रोताले रुचाएका छन् । लोक फ्लेभरमा तयार पारिएको डान्सिङ बिटको यो गीत रिलिज गरिएको २४ घण्टा नवित्दै ३० हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् ।
दीपक शर्माको शब्द तथा संगीत रहेको उक्त गीतको रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । शिब बिकले निर्देशन गरेको यस गीतको भिडियोमा आकाश श्रेष्ठ र आरुषी मगरलाई फिचर्ड गरिएको छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् ।
गायिका सहिमा पाश्र्वगायन सँगै भर्सटायल गायिकाका रुपमा चर्चित छिन् । उनका दर्ननौँ गीत चर्चामा छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको करिब तीन महिनापछि यो गीत रिलिज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्