Logo
Logo

निजामतीमा अब खस आर्यलाई २८ प्रतिशत आरक्षण


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ६ असार ।
सरकारी सेवामा अब खस आर्यले पनि आरक्षण पाउने भएका छन् । निजामती सेवामा खस आर्यका लागि आरक्षण व्यवस्था सहमति भएको छ ।


संसदको राज्य व्यवस्था समितिमा छलफलमा रहेको संघीय निजामती बिधेयकमा खस आर्यका लागि आरक्षण दिने सहमति भएको हो । हाल खुला पदपुर्तीमा ४५ प्रतिशत आरक्षण रहेकोमा त्यसलाई बढाएर ४९ प्रतिशत पु¥याइएको छ ।
४९ प्रतिशतलाई शत प्रतिशत मानेर खस आर्यलाई २८ प्रतिशत कोटा राखिएको छ । त्यस्तै दलितलाई १३? आदिवासी जनजातीलाई २६, मधेसीलाई १६, थारुलाई पाँच, मुस्लिम, पिडडिएको क्षेत्र र अपांगता भएका व्यक्तिलाई ४ ४ प्रतिशत छुट्याइएको छ । यी सबै क्लस्टलबाट ५० प्रतिशत महिला भर्ना गर्नुपर्ने गरी सहमति भएको राज्य व्यवस्था समितिकी सभापति शशी श्रेष्ठले बताइन् । यसबाट सरकारी सेवामा महिलाको सहभागीता बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्