Logo
Logo

एकदिवसीय क्रिकेट : युएईमाथि नेपालको शानदार जित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १४५ रनको शानदार जित निकालेको छ ।
दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा शबिनार भएको दोस्रो एकदिवसीयमा नेपालले युएईलाई १४५ रनले हराएको छ । नेपालले दिएको २४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको युएई १९ ओभर ३ बलमा अलआउट हुँदै मात्र ९७ रनमा समेटियो ।
युएईलाई सस्तैमा समेट्न सोमपाल कामीले पाँच तथा सन्दीप लामिछाने चार विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै नौ विकेट गुमाएर २४२ रन बनाएको थियो । दोस्रो खेलमा ब्याटिङ सुधार गर्दै नेपालले घरेलु टोलीलाई २४३ रनको सम्मान जनक स्कोरमा पु¥याएको हो ।
नेपालको फराकिलो स्कोरमा रोहित कुमार पौडेलले अर्धशतकीय इनिङस खेले । रोहितले ५८ बलमा नेपालका लागि सर्वा्धिक ५५ रन बनाएका थिए । त्यस्तै आरिफ शेखले २९, उपकप्तान ज्ञानेन्द्र मल्लले ४४, कप्तान पारस खड्का र विनोद भण्डारीले समान २१÷२१ रन जोडे । त्यस्तै करण केसीले १८ रन बनाउँदा सन्दीप लामिछाने १४ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी १० रन जोडे । युएईका इमरान हेदर र अमीर हायतले तीन÷तीन विकेट लिए ।

जितसँगै नेपालले घरेलु टोलीविरुद्धको तीन खेलको सिरिजमा १÷१ को बराबरी गरेको छ । अब नेपाल र युएईबीचको निर्णायक तथा अन्तिम एकदिवसीय सोमबार हुनेछ । पाँच विकेट लिन सफल नेपालका सोमपाल कामी म्यान अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहोस्