तनहुँ । तनहुँमा भानु नगरपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । भानु–९ काउरेटारस्थित खेलमैदान भएको उक्त प्रतियोगितामा भानु–१२ बयापानीस्थित विद्यानिकुञ्ज माध्यमिक विद्यालयले उपाधि जितेको छ । विद्या निकुञ्जले ६ स्वर्ण, एक रजत र दुई कास्य पदक प्राप्त गरेको छ ।

यस्तै भानु–९ डुम्रीखर्कस्थित कालिका माध्यमिक विद्यालय पाँच स्वर्ण, ६ रजत र चार कास्यसहित द्वितीय तथा भानु–९ बाइसजागरस्थित कर्मदा माध्यमिक विद्यालय चार स्वर्ण र तीन रजत पदक प्राप्त गर्दै तृतीय भएको छ ।
प्रतियोगितामा २४ विद्यालय सहभागी थिए । विद्या निकुञ्जले रनिङ शिल्डसहित नगद रु २५ हजार, ट्रफी र प्रमाणपत्र पाएको छ । त्यसैगरी कालिकाले रु २० हजार तथा कर्मदाले रु १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विजेता विद्यालय तथा खेलाडीलाई नगरप्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, भानु नगरशिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ध्रुवराज पौडेललगायतले पुस्कार प्रदान गरे ।