Logo
Logo

काठमाडौं सिडिओमा कार्यालयमा पासका लागि घुस, एक जना रंगेहात पक्राउ


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ९ असार ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पास बनाउन घुस लेनदेन हुने गरेको खुलेको छ । पास बनाउन घुस लिएको आरोपमा लेखापढी व्यवसायी खेमराज सापकोटा पक्राउ परेका छन् । तीन हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बबरमहलको जिल्ला प्रशासन कार्यालय छेउबाट पक्राउ गरेको हो ।


जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारीसँग सेटिङ मिलाएर धनकुटा जानका लागि पास उपलब्ध गराइदिने भन्दै उनले घुस लिएका थिए । उनलाई पक्राउ गरी कर्मचारीमाथि समेत छानबिन थालिएको आयोगले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोर्सफोर्स हुनेलाई सजिलै पास दिने तथा अत्याबश्यक काम परेकालाई समेत नदिने गरेको गुनासो आएपछि अख्तियारले स्टिङ अप्रेसन गरेको हो । काठमाडौंका सिडिओ जनकराज दाहालमाथि समेत यसमा छानबिन हुने आयोगका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्