काठमाडौं । विभागीय टोली एपीएफले अपराजित रहँदै एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।
पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफ बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे ।
एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो । जहाँ एपीएफले आफ्नो च्याम्पियन छवि कायम राख्दै अपराजित रहेर लगातार चौथो पटक लिग जितेको हो ।
लिगभर उत्कृष्ट प्रदर्शन गर्दै आएको एपीएफलाई पुलिसले पहिलो हाफमा गोलरहित बराबरूिमा रोकेपनि दोस्रो हाफमा भने एपीएफले ३ गोल गर्यो ।
पहिलो हाफमा एपीएफले पुलिसमाथि दबाब बनाउँदै गोल गर्ने केही अवसर बनाएपनि फिनिसिङ राम्रो हुन सकेन । पुलिसले भने पहिलो हाफमा एपीएफको पोष्टमै बल पुर्याउन संघर्ष गर्नुपरेको थियो ।
यस सिजन महिला लिग एपीएफ र पुलिसबीच चौथो भेट हुँदा एपीएफ अपराजित रह्यो । एन्फा महिला लिगमा समग्रमा एपीएफ र पुलिस चौथो पटक खेलेका हुन् । जसमा पुलिस तीन खेफमा पराजित भयो भने एक खेल बराबरीमा सकिएको थियो ।
पहिलो चरणमा पुलिसले एपीएफलाई गोलरहित बराबरीमा रोकेको थियो । तर सुपर लिगको दुवै खेलमा एपीएफ विजयी भएको थियो । सुपर लिगको पहिलो खेलमा एपीएफले पुलिसलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।