Logo
Logo

‘ब्लकबस्टर’को पछि-पछि दर्पण, ‘तिम्ले बाटो फे-यौ अरे-३’ पनि ल्याउँदै !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० असार । गीतकार दर्पण राईको सुपरहिट गीत ‘तिम्ले बाटो फे-यौ अरे’को तेस्रो भाग आउने भएको छ । यो गीतकार दर्पणले आफ्नो फेसबुक एकाउन्टमार्फत जानकारी गराएका हुन् । उनले लेखेका छन्, ‘तपाइँहरुकै गीत तिम्ले बाटो फेरेउ अरे–३’को तयारी गर्दैछु, फेरी पनि तपाइँहरुको माया, आशीर्वादसँगै साथ, हात, काँधको खाँचो छ, धन्यवाद !’
लाखौँ श्रोता तथा दर्शकको मन–मुट र ओठमा झुण्डिन सफल ‘तिम्ले बाटो फे¥यौ अरे’ले गीत सुगमसंगीतको विधामा बेग्लै स्थान बनाएको छ । पहिलोपटक ‘तिम्ले बाटो फे-यौ अरे’ बोलको गीत रेकर्डिङ गर्दा गीतलाई दर्पणलाई लागेको थियो कि, ‘के यो गीत श्रोताले रुचाउँलान् ?’ तर गीत तयार भएर रिलिज गरिएपछि एकाएक नेपाली सांगीतिक क्षेत्रमा ‘ब्लकबस्टर’ बन्यो । त्यसपछि गीतकार दर्पण हौसिएनन् मात्र होइन, यही गीतले नेपाली गीतिकारितामा उनी स्थापित भए ।
‘तिम्ले बाटो फे-यौ अरे’मा पहिलोपटक गायक राजेशपायल राई र गायिका मेलिना राईले छुट्टाछुट्टै मेल र फिमेल भर्सनमा गाएका थिए । दुवै भर्सन दर्शक तथा श्रोताले रुचाएका छन् । यु–ट्युबमा करोड बढी भ्युअर्स पाएको छ । त्यो बेला कमैमात्र आधुनिक गीतले यतिका भ्युअर्स पाउने गरेको थियो ।
पहिलो भाग नै विभिन्न भर्सनमा गाइएको ‘तिम्ले बाटो फे¥यौ अरे’ लोकप्रिय भएपछि गीतकार दर्पणले ‘तिम्ले बाटो फे-यौ अरे–२’ तयार गरेका थिए । दर्शक श्रोताले ‘तिम्ले बाटो फे¥यौ अरे–२’लाई पनि उस्तैगरी रुचाए अर्थात मन पराए । ‘तिम्ले बाटो फे-यौ अरे–२’मा पनि राजेशपायल र मेलिनाकै स्वर छ । अहिले पनि ‘तिम्ले बाटो फे-यौ अरे–२’ले यु–ट्युबमा चर्चा पाइरहेको छ ।
यसैबेला मोडल तथा म्युजिक भिडियो क्रियटर समेत रहेका गीतकार दर्पणले ‘तिम्ले बाटो फे¥यौ अरे–३’को तयारीमा लागेको जानकारी गराएका हुन् । उनले यसै ‘तिम्ले बाटो फे¥यौ अरे–३’ श्रोतामाझ ल्याउने जानकारी गराएका छन् । दर्पणले भने, ‘अहिले तयारी गर्दैछु, यो वर्षभित्र आउने छ ।’
‘तिम्ले बाटो फे-यौ अरे–२’मा गायक समेत रहेका विक्रम राईले संगीत गरेका छन् । अब तेस्रो भागमा पनि संगीतकार उनै विक्रम रहने पक्का छ किनकि, गीतकार दर्पर्ण सबै कलाकार र टिम पुरानै रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्