काठमाडौँ । आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाईनलमा संकटा एफसीले आयोजक टिमलाई सडनडेथमा ४-३ ले पराजित गर्दै पाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीसुटआउटमा पुगेको थियो । संकटाका लागि लक्षु थापा, साम कार्लोस, दिप कार्की र सुनिल खड्काले गोल गरे ।
प्रतियोगिताको विजेताले नगद २६ लाख हात पार्नेछन् । उप विजेताले १३ लाख रुपैयाँ नगदै पाउने छ ।