काठमाडौं । अन्तर्राष्ट्रिय महिला टी–२० सिरिजअन्तर्गत आज नेपालले थाइल्याण्डसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार मध्याह्न सवा १२ बजे सुरु हुनेछ ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल शुक्रबार नेदरल्याण्ड्ससँग पराजित भएको थियो । त्यतिबेला नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्र जोडेको थियो ।

यस्तै, थाइल्याण्डले शुक्रबार नेदरल्याण्ड्सविरूद्ध ८ विकेटको सानदार जित निकालेको थियो । नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले २ विकेटको क्षतिमा १८ ओभरमै पूरा गरेको थियो ।
यस हिसाबमा थाइल्याण्ड नेपालका लागि बलियो चुनौती देखिएको छ । पहिलो खेलमा हार ब्यहोरेको नेपाल दोस्रो खेल जित्ने लक्ष्यमा छ । सिरिजमा तीनै टोलीले दुई दुई पटक एक अर्काविरूद्ध खेल्नेछन् ।