Logo
Logo

कारमा राखेर इन्सपेक्टर नै गर्छन् लागूऔषधको तस्करी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ असार ।
लकडाउनको समयमा कारमा राखेर इन्सपेक्टरले नै लागूऔषधको कारोबार गर्दै आएको खुलेको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत इन्सपेक्टर रुद्र बहादुर शाहीले लागूऔषधको कारोबारमा संलग्नभएको खुलेको छ ।


लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले उनलाई कार्यालयबाटै पक्राउ गरेको छ । उनले आफ्नै कारमा तराईबाट क्यूरेक्स ल्याउने गरेको खुलेको छ ।

शाहीले तीन बोरो कोरोक्स आफ्नो गाडीमा राखेर तस्करी गरेका थिए । इन्सपेक्टर शाही लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहेको खुलेको छ । उनको गिरोहमाथि ब्यूरोले लामो समयदेखि निगरानी गर्दै आएको थियो । उनी अखडामा कारोबारको विषयमा पटक पटक झगडा भएपछि स्थानीयले समेत प्रहरीलाई खबर गरेका थिए ।
पछिल्लो समय ललितपुर परिसरले पनि उनलाई निगरानीमा राखेको थियो । सातदोबाटो वृत्तबाट सरुवा गरेर केही दिनअघि परिसर तानिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्