Logo
Logo

५० हजार घुससहित इन्सपेक्टर र वकिल रंगेहात पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ असार
लकडाउनकै बीच प्रहरीमा घुसखोरी रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक प्रहरी निरीक्षक तथा एक जना कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ परेका छन्।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको जानकारी दिएको छ।

अख्तियारको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए। अख्तियारले कानुन व्यवसायी विष्टको कार्यालयमा छापा हानेको थियो। सोही क्रममा दुवै जनालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरिएको बिष्टको भनाइ छ।

उनीहरुले जबर्जस्तीकरणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्धा मिलाईदिन्छु भन्दै ५० हजार घुस लिएको अख्तियारको आरोप छ।

प्रतिक्रिया दिनुहोस्