Logo
Logo
अर्थ

६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो


441
Shares

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुसमा मात्र १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको छ । तथ्यांक अनुसार गत वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिएको रेमिट्यान्स ४.१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यस वर्षको पुससम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १.१ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष ६ महिनामा नयाँ श्रम स्वीकृति (संस्थागत/व्यक्तिगत) लिने नेपालीको संख्या २ लाख ३० हजार ४ सय ३९ र पुनः श्रम स्वीकृति (संस्थागत/व्यक्तिगत) लिनेको संख्या १ लाख ६२ हजार ६ सय २८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्