
काठमाडौं । नेपाली बजारमा चार दिनयता सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारयता सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको हो ।
साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको सुनको मूल्य त्यसयता समान मूल्य निर्धारण भएर कारोबार भइरहेको हो ।
आज चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ । आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य घटेर आज तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।