Logo
Logo

काभ्रेमा गोली हानेर गुन्डा समूहको लुटपाट, प्रहरीको भूमिका शंकास्पद


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौैं, १२ असार ।
काभ्रेको रोशी गाउँपालिका वडा नं. ५ मा बिहीबार राती गुन्डा समूहले गोली हानेर बुद्धचित्त माला लुटपाट भएको छ । लुटेरा समुहले गोली चलाउँदा मालाको संरक्षणका लागि बसेका चार जना घाइते भएका छन्। कोही पनि पक्राउ नपर्नुले घटनामा प्रहरी र रोशी गाउँपालिकाका अध्यक्षको भूमिका समेत शंकास्पद देखिएो छ ।

रोशी गाउँपालिका वडा नं. ५ का बीरबहादुर तामाङको बारीमा फलेको बुद्धचित्त माला लुट्न एक समुह हातहतियार सहित आएको थियो । उक्त समुहले गोली र हतियार चलाउँदा पाँच जना घाइते भएका हुन् ।

लुटेराको झडपमा परी बुद्धचित्त माला कुर्न बसेका तेमाल गाउँपालिका वडा नं. ६ माउरेका ३८ वर्षीय श्याम तामाङको टाउको र हातमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै सोहि गाउँपालिका वडा नं. ६ का ३० वर्षीय जितबहादुर तामाङ, २४ वर्षीय शेखर लामा र ४० वर्षीय जितबहादुर तामाङ घाइते भएका छन् । सोही घटनामा वडा नं. ५ का २२ वर्षीय वाङ्डुक लामा सम्पर्क विहिन भएका छन् ।

घटनाको बारेमा थाहा पाएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी नायव उपरिक्षक कुमारबिक्रम थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल गएको थियो । प्रहरी जानुअघि नै लुटेरा समूह भने भागिसकेका थिए ।

लकडाउनको बेला ठूलो संख्यामा गुन्डा समूह अत्याधुनिक हतियारसहित गाउँमा गएर रुखमा रहेको बुद्धचित्त चोरेर भाग्दा समेत पक्राउ नपर्नुले प्रहरीमाथि शंका बढ्नु स्वभावि भएको एक स्थानीय बताउँछन् ।

घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने बेपत्ताको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । लुटेरा समुहले माला कुर्न बसेकाहरूको १६ थान मोबाइल पनि लुटेर लगेको स्थानीयले जानकारी दिए ।
हरेक वर्ष सो ठाउँमा यसरी नै बुद्धचित्तको माला लुटपाट हुने गरेको छ । जसअनुसार बुद्धचित्त माला टिप्ने बेला प्रहरीले सतर्कता बढाउनुपर्नेमा चासो नदिनुले प्रहरीको मिलमताको आशंका गरिएको छ । काभ्रेका एसपी रवि पौडेलको उठबस गुन्डा समूहसँग हुने गरेको छ । रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाको पनि भूमिका शंकास्पद देखिएको एक स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्