Logo
Logo

आलोचना छल्न ओली बैठकमा अनुपस्थित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ असार ।
आलोचना छल्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीकां बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

शुक्रबारको बैठकमा उनी उपस्थित भएका छैनन् । सरकारको काममा बढी सय दिनुपर्ने भएकाले बैठकमा अध्यक्ष ओली अनुपस्थित रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । स्थायी समितिमा आफ्नो कडा आलोचना हुने संकेत पाएपछि उनी अनुपस्थित भएको स्रोत बताउँछ ।
बुधबारको बैठकमा ओलीले आफ्नो मन्तव्य राखेका थिए । आज अन्य सदस्यहरु बोलिरहेका छन् । अर्का अध्यक्ष प्रचण्ड तथा सिनियर नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत ओलीको आलोचना गर्दै आएका छन् । अध्यक्ष वा प्रधानमन्त्री पद छाड्न ओलीलाई दबाब दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्